संविधान दिवसका अवसरमा फेवातालको सरसफाई

कास्की- संविधान दिवसको अवसरमा पोखराको फेवातालमा सरसफाई गरिएको छ । कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवम् ड्यामसाइड क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाईमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसलाई प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उहाँले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाई आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताउनुभयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाई गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रम फेवातालमा केन्द्रित गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.