धादिङमा तिन हजार पाँच सय खसी बोका विक्रिका लागी तयार

धादिङ – यस वर्षको वडा दशैमा धादिङको शिद्दलेकका किसानहरुले मात्रै तिन हजार पाँच सय खसी बोका विक्रिका लागी तयार गरेका छन् ।

ती खसीबोका विक्रिबाट यस वर्ष सात करोड पचासलाख रुपैयाँ भन्दा धेरै रकम भित्त्रायउने लक्ष्य रहेको गाउँपालीकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।

गाउँमा महिलाहरूलाई आय–आर्जनको प्रमुख बाटो भन्दै सहकारी मार्फत समूहमा आबद्ध गराई व्यवसायी बाख्रा पालन सुरु गरे पछि यतिका धेरै खसी बोका बिक्री गरी आम्दानी गर्ने भएको हो ।

विशेष गरी महिलाहरूको आर्थिक आयका लागी यस गाउँपालिकामा सामूहिक र व्यक्तिगत रूपमा गरी तिन हजार पाँच सय खसी बोका दशैका लागी मासु खान योग्य बनाई बिक्री सुरु गरिएको हो ।

एक गाउँ एक उत्पादनलाई जोड दिँदै यहाँका एक हजार पाँच सय असी जना महिला ७२ ओटा समूहमा विभाजन भई आय आर्जनका लागी खासी बाख्रा पालन सुरु गरेको हो । शिद्दलेक गाउँपालिकालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरी मासुमा आत्मा निर्भर बनाउन स्थानीय तह विभिन्न गैर सरकारी संस्थाहरूले कृषि र पशुपालनमा लगानी गर्दै आएको छ ।

गत सालको बडा दशैको तुलनामा यो निकै कम हो । सहकारी मार्फत खसी बोका सङ्कलन गरी पहिलो लटमा सात सय बिक्रीका लागी लग्ने जनाइएको छ ।

विचौलीयले चलखेल नगर्ने हो भने हो भने सो आम्दानी अझै धेरै हुने अनुमान स्थानीय तहको छ ।

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.