रोड टु ल्हासाको साहसिक पर्यटकको टोली काठमाण्डौमा

काठमाडौं –  नेपाली राष्ट्रिय झण्डा फहराएर गरियो विदाई साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको टोली काठमाडौँ आई पुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समूहले भारत, नेपाल र चीन गरी तीन देशको यात्रा तय गर्ने छ ।

सड्कमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमामाण्डौं आइपुगेको हो ।

काठमाडौँ आएको उक्त टोलीलाई शुक्रवार मेरियट होटेलबाट नेपाली राष्ट्रिय झन्डा फहराएर बिदाइ गरिएको छ । सो अवसरमा पर्यटकहरूलाई शुभकामना व्यक्त गर्दै बोल्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रवर्द्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताउनु भयो । उहाँले नेपाल संस्कृति प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन आग्रह आग्रह गर्नु भयो ।

आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतम बुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाडौँ आइपुग्दा छुट्टै आनन्दको महसुस गरेको प्रतिक्रिया दिनुभयो । गोरखपुरबाट लुम्बिनी हुँदै काठमाडौँ आइपुगेको सो टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरू रहेका छन् ।

काठमाण्डौबाट रसुवा (केरुङ) , हुँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट न हुँदै पुनः नेपाल फर्किने छ । यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देशक मदानले जानकारी दिनुभयो । २२ दिनको यो यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.