असोज १२ मा काठमाडौँ म्याराथनको १६ औँ संस्करण

काठमाडौं – सन् २००७ देखि सुरुवात भएको काठमाडौँ म्याराथनको १६ औँ संस्करण आगामी असोज १२ गते हुने भएको छ ।

काठमाडौँ म्याराथन आयोजकले शनिवार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै १६औँ संस्करणको बारेमा जानकारी दिएको हो । यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौँ म्याराथनमा चुनौती प्रस्तुत गर्ने काठमाडौँ म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

म्याराथनमा एक सय ७० धावकले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनमा भने पाँच सय ५० ले धावकले चुनौती प्रस्तुत गर्ने अहिलेसम्म टुङ्गो लागेको छ ।

त्यस्तै सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । काठमाडौँ म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.