एसिएन कराते च्याम्पियनसिपमा एरिकाले नेपाललाई दिलाइन रजत पदक

काठमाडौँ– नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ ।

आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहको फाइनमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित हुनुभयो । एसियाली सिनियर करातेमा एरिकाले जितेको यो पहिलो पदक हो ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबिचको खेल १–१ को बराबरीमा सकिएपनि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.