सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन

सुनसरी- सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ ।

यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो ।

कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ । अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.