तीन दिनदेखि सडक सम्पर्क टुटेको राजधानी

सोमबारभित्र अवरुद्ध सडकहरू खुलाउने प्रयासमा सडक विभाग 

काठमाडौँ- राजधानी काठमाडौँ  भित्रिने र बाहिरिने नाकाका सडकहरू ठप्प हुँदा काठमाडौँ उपत्यकाको बाहिर जिल्लाहरुको सम्पर्क टुटेको जस्तै भएको छ ।  यद्यपी सोमबारभित्र सम्पूर्ण अवरुद्ध सडकहरू खुलाएर यात्रा सहज बनाउने सडक विभागले जनाएको छ । 

चौतर्फी बाटो अवरुद्ध भएका कारण सवारी समाधानहरू काठमाडौँबाट बाहिरिन काठमाडौँ भित्रिन सकेका छैनन् । अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

भित्रिने क्रममा रहेका गाडीहरू ठाउँ ठाउँमा दुर्घटनामा परेका छन् भने कयौँ गाडीहरू बीचबाटोमै अलपत्र परेका छन् । लामो सयदेखि गाडी अलपत्र परेपछि यात्रुहरू पैदल हिँडेरै काठमाडौँ भित्रिरहेका छन् ।

सरकारले केही स्थानका बाटोको अवरोध हटाउन सफल भएको छ भने कयौँ बाटोमा भएको अबरोध अझै अटेको छैन । काठमाडौ भित्रिने मुख्य राजमार्गमा भएको अवरोधले यातायात पूर्ण रुपमा ठप्प भएपछि सडक विभाग अवरुद्ध भएका बाटोघाटो खुलाउने तयारीमा जुटेको छ । 

अविरल वर्षाका कारण वाग्मती प्रदेशमा बढी क्षति गरेका कारण सरकार अहिले यसै प्रदेशमा भएको क्षतिलाई प्राथमिकतामा राखेर देशभरी भएको क्षति न्यूनिकरण गर्न जुटेको सडक विभागको भनाई छ ।,

आइतबार बेलुका सम्म नागढुंगा नाकाको अवरोध हट्ने सडक विभागले जनाएको छ । त्यस्तै, काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ । 

उत्तरतर्फ नुवाकोटतिर जाने सवारी साधनहरु टोखा,झोर हुँदै चलिरहेका छन् । तर अत्यावश्यक सवारी साधनमात्रै चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै,उत्तरतिर जाने सडकहरु पनि पहिरोले ठाउँ–ठाउँमा क्षतिग्रस्त बनाउको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.