प्रधानसेनापतिसँग चिनीयाँ राजदूतको भेट

काठमाडौँ-  प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।
जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.