विपदमा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

काठमाडौं – सरकारले मनसुनजन्य विपद्मा परेका २५८ नागरिकको हवाई उद्धारमार्फत उद्धार गरेको जनाएको छ ।

सोमवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिनुभएको हो । केन्द्रीय सुरक्षा समितिको बैठकमा  अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रूपमा छलफल भएको छ ।

आज काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले बताउनु भयो । उहाँकाअनुसार समितिले रोशनी खोलामा (बिपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरूलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ ।

उहाँले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रूपमा अघि बढ्ने निर्णय समितिले गरेको बताउनु भयो । उहाँले आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम सुरु भइसकेको बताउनु भयो । उहाँले अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी गराउनु भयो ।

बिपी राजमार्गको नेपाल थोक खण्ड धेरै नै बिग्रिएकाले नेपाल थोकदेखि बर्दिबाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुन्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आङ्कलन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रूपमा छलफल गरेर त्यसको समीक्षा गरेका छौँ ।

अहिलेसम्म हवाई उद्धारबाट २५८ जनाको उद्धार गरिएको छ । आज हाम्रो मूलतः काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको छ ।

रोशी खोलामा (बिपी राजमार्ग)मा अलपत्र परेका यात्रुहरू घाइते, बिरामीहरू हुनुहुन्थ्यो उहाँहरूको उद्धार आजसम्म सबै घाइते, बिरामी र असक्तहरूलाई धुलिखेल ल्याइसक्ने गरी काम भइरहेको छ । अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रूपमा अघि बढ्ने निर्णय गरेको छ ।

आवागमन सहज बनाउन आजैबाट पृथ्वी राजमार्गमा मूल हाम्रो काठमाडौँ उपत्यकाको मूल लाइफलाइन पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम सुरु भइसकेको छ । अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको छ ।

बिपी राजमार्गको नेपाल थोक खण्ड धेरै नै बिग्रिएकाले नेपाल थोकदेखि बर्दिबाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुन्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आङ्कलन गरेका छौँ । भ

कुण्डेबेसीदेखि नेपाल थोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्ने गरी विभिन्न प्रयासहरू समन्वयात्मक रूपमा काम गरेर अवरुद्ध हटाउने । बनेपा सिन्धुली खण्डमा जुन यात्रुहरू घाइते र अलपत्र हुनुहुन्थ्यो त्यहाँ मेडिकल टिम पठाएर स्वास्थ्य परीक्षण भएको छ भने अलपत्र परेका व्यक्तिलाई खाद्यान्न पठाएर वितरण गरिएको छ ।’

उहाँले भकुण्डेबेसीदेखि नेपाल थोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्ने गरी समन्वयात्मक रूपमा प्रयासहरू गरिरहेको बताउनु भयो । बनेपा—सिन्धुली खण्डमा यात्रा गर्नेहरू अलपत्र परेका, बिरामी र अशक्त यात्रुहरूको चिकित्सकको टोली पठाएर सडकमै स्वास्थ्य परीक्षण भइरहेको र खाद्यान्न पनि वितरण गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.