काभ्रेको कलाती बजार रोशी खोलाले बनायो बगर

काभ्रे- वर्षा सहित आएको बाढी र पहिरोका कारण जिल्लाको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिकामा धेरै मानविय तथा भौतिक क्षति भएको छ । पनौती नगरपालिकाको वडा नं १२ मा बाढी र पहिरोले पनौती रोशी खोलाले कलाती बजार बगरको रुपमा परिणत भएको छ ।

जहा एकै वडामा १ विदेशी सहित ५ जनाको पहिरोमा परी मृत्यु भएपछि त्यहाको स्थिति कहालिलाग्दो देखिएको छ । जहा ३ सय घरपरिवार बाढी र पहिरोबाट विस्थापित भएका छन् । बाढी र पहिरोबाट बिस्थापित भएकी स्थानीय सलिना गुरुङ आफ्नो घर खोज्दै खोला किनार हिंडेकी थिइन् ।

शुक्रबार मध्यरातमा खोलाका बहाब बढेस“गै ज्यान जोगाउनको लागि उनी आफ्नो परिवार सहित चालिस सय डा“डा हुदैं पनौती बजार पुगेको उनले बताइन् ।आइतबार र सोमबार रोशी खोलामा पानीको सतह केही कम भएपछि घरमा भएका केही सामान भेटिन्छ कि भन्दै आफन्त सहित खोला किनार हिंडिरहेकी थिइन् ।

खोला किनार छेउमै घर भएकी मिरा के.सीले पनि आफ्नो परिवारलाई बाढीबाट बचाउनको लागि सुरक्षित स्थानमा राखेको बताउनुहुन्छ । घरमा बिरामी आमाबुबालाई मध्यरातमा खोला कटाउन निकै कठिन भएको उहाँले बताउनु भयो । गाईबस्तुलाई भने सुरक्षित स्थानमा लान नसकिने भएकाले खोला किनारमै राखिएको बताउनु भयो ।

कलाती क्षेत्रमा बाढीले मात्र नभई पहिरोले पनि स्थानीयलाई बिस्थापित बनाएको छ । पहिरोका त्रासका कारण गाउ नै रित्तिएको छ । पहिरोको त्रासका कारण स्थानीयहरुलाई अन्यत्र स्थानमा बसाई सरेका छन् । अधिकांश स्थानीय सुरक्षित स्थान खोज्दै पनौती बजार पुगेका छन् । पनौती पुगेकाहरु बिहान गाउ जाने र साझ फेरी पनौती नै फर्कने गरेको स्थानीयहरु बताउछन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण पनौती नगरपालिका वडा नं १२ मा ५ जनाको मृत्यु भएको र १४ जना घाइते भएको वडा नं १२ का वडा अध्यक्ष जयराम के.सीले जानकारी दिनुभयो ।

 

उहाका अनुसार, बाढी र पहिरोका कारण यहा बिजुली, यातायात, सञ्चार लगायतका सेवाहरु पूर्ण अवरुद्ध भएको छ । यसको व्यवस्थापनका लागि वडा कार्यालयले सहजीकरण गरिरहेको छ ।यसका साथै स्थानीयलाई खाद्यन्न राहत वितरण कार्य पनि सुरु गरिएको उहा“ले बताउनुभयो । धेरै मानविय एवं भौतिक क्षति भएको पनौती नगरपालिकामा १८ जनाको मृत्यु भएको र सयौं घर परिवार विस्तापित भएका छन् ।

त्यस्तै जिल्लामा प्रहरी कार्यालय काभ्रे जानका अनुसार आज दिउँसो सम्ममा ६२ जनाको मुत्यू भईसकेको जिल्ला प्रहरी कार्यालय काभ्रे जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.