पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आइलाग्यो: प्रधानमन्त्री

पुनर्निमाणलाई योजनाबद्ध रुपमा अघि बढाउने प्रतिवद्धता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपद्पछि पुनर्निमाणमा योजनाबद्ध ढंगबाट अघि बढने बताउनु भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काममा लाग्ने बताउनु भयो ।

यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरिएको भन्दै विपदमा नेपाली एक भएर साझा विपत्तिको सामना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो  । उहाँले विपद्मा सरकारले राम्रा काम गरेको भन्दै कमजोरी मात्र देखाउन नमिल्ने बताउनु भयो । ”सरकाले केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गर्नु भयो। “यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताउनुभयो ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गर्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.