सडक भासिएपछि दाउन्नेमा सडक अवरुद्ध

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको दाइउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट ४ स्थित खुर्सानी खोलामा सडक भासिएको हो। दाउने उकालोमा यसअघि नै भासिएको स्थानमा सडक भासिएकाले डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिनुभयो।

अहिले बर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ। दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ। चाडबाडको समयमा पटक पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.