सस्तोको खोजी गर्दै नेपाली उपभोक्ता भारतीय बजार तर्फ

नेपालको तुलनामा भारतीय बजारमा खाद्य बस्तु तथा लत्ता कपडाको मूल्यमा २५ देखि ३० प्रतिशत अन्तर

पर्सा-  दिनभरि पसलमा बस्दा समेत बोहनी गर्न कठिनाइ भएको नेपालको आर्थिक राजधानी र मुख्य व्यापारिक नाका रहेको वीरगन्जका खुद्रा व्यपारिलेहरुले बताएका छन् । नेपालीहरूको सबै भन्दा ठुलो चाड बडा दसैँ आएसगैं बजारमा व्यक्तिको चहलपहल बढे पनि लत्ता कपडा र खाद्य बस्तुको कारोबार भने बढन नसकेको व्यपारिहरुको भनाई छ ।

नेपालीहरूको सबै भन्दा ठुलो पर्व बडा दसैँ बेला समेत वीरगन्ज बजारमा सञ्चालित रहेका कपडा तथा खाद्य बस्तुका पसलमा उपभत्ताको उपस्थिति अत्यन्त न्यून देखिएको छ ।

पर्वकारलागि आवश्यक लत्ता कपडा तथा खाद्य बस्तुको खरिद नेपाली उपभोक्ता सीमावर्ती भारतीय सहर रक्सौलको बजारबाट गर्न थालेपछि वीरगन्जमा सञ्चालित रहेका पसलहरू सुनसान देखिएका हुन् ।

नेपाल र भारत बिच लत्ता कपडा तथा खाद्य बस्तुको मूल्यमा देखिएको अन्तरका कारण वीरगन्जको खुद्रा व्यापार दिनानुदिन खस्किँदै गएको व्यपारिहरु बत्ताउँछन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरिएका लत्ता कपडा तथा खाद्य बस्तु सहजै नेपाल भित्र्याउन पाएपछि उपभोक्ता भारतीय बजार तर्फ नै  केन्द्रित भएको व्यवसायिहरुको भनाई रहेको छ ।  यस्तै अवस्था रहे छठ पर्वपछि वीरगन्जमा सञ्चालित रहेका ३० देखि ४० प्रतिशत खुद्रा पसल बन्द हुने व्यपारिहरु बत्ताउँछन् ।

नेपालको तुलनामा भारतीय बजारमा खाद्य बस्तु तथा लत्ता कपडाको मूल्यमा २५ देखि ३० प्रतिशत अन्तर देखिएपछि नेपाली उपभोत्ता भारतीय बजार तर्फ आर्कशित  भएका हुन ।

लत्ता कपडा तथा खाद्य बस्तुमा लाग्ने भन्सार महसुलको दरबन्दिरमा नेपाल सरकारले पूर्नविचार नगरे सिम क्षेत्रमा सञ्चालित रहेका खुद्रा व्यापार धारासायि हुने व्यपारिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.