सामसङले बाढीबाट क्षति पुगेका सामानहरुको नि:शुल्क मर्मत गर्ने

काठमाडौँ- सामसङ कम्पनीले बाढीका कारण क्षति पुगेका आफ्ना सामानहरुको मर्मत गर्दिने भएको छ।

सामसङले ‘फ्लड केयर नेपाल-२०२४’ अभियान सुरु गरेर आफ्ना ग्राहकहरुको बाढीले बिगारेका सामानहरु बनाउने भएको हो ।

सो कम्पनीले पानीले क्षति पुर्‍याएका सामसङका उपकरणहरुको मर्मत तथा पार्टपुर्जाहरू नि:शुल्क उपलब्ध गराउने भनेको छ ।

यो सेवा वारेन्टी अवधिभित्र रहेका बाढीले क्षतिग्रस्त सामसङ प्रडक्टहरुका लागि मात्र लागु हुने पनि कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरूबाट १८ असोज देखि २७ गतेसम्म सेवा लिन सक्ने भन्दे देशभर २७ वटा केन्द्रहरुबाट सेवा लिन सामसङले विज्ञप्तीमार्फत भनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.