खासी बोका किन्न व्यापारीहरू धादिङका गाउँ गाउँमा

धादिङ – दसैँ सुरु भए सँगै व्यापारीहरू खासी बोका किन्न धादिङका  गाउँ गाउँमा पुग्न थालेका छन्।

जिल्लाका विशेष गरी बाख्रा पालनका लागी पकेट क्षेत्रको रूपमा विकसित स्थानहरूमा दशैका लागी खसी बोका खरिदका लागी व्यापारीहरू पुग्न थालेका हुन् ।

खास गरी शिद्धलेक, नेत्रावती डब्जङ्ग र बेनीघाट रोराङ्ग गाउँपालिकाका गाउँ गाउँमा दशैका लागी खासी बोका किन्ने व्यापारीहरूको लर्को नै लागेको छ ।

यी गाउँपालिकाका महिला किसानहरूले सामूहिक र व्यक्तिगत बाख्रा पालन गर्दै आएका छन्। धादिङमा मात्र यस वर्षको दसैँका लागि  करिब पन्ध्र हजार खसी बोका बिक्री योग्य रहेको तथ्याङ्क पशु सेवा कार्यालय धादिङको छ ।

जिल्लालाई मासुमा आत्मनिर्भर बनाउनका लागी स्थानीय तहहरूले व्यवसायीकरुपमा नै बाख्रा पाल्न किसानलाई प्रोत्साहित गर्दै आएका छन्। ।

घटस्थापनाको दिन देखी नै खसी बोका बिक्रीका लागी सहकारीहरूले पनि खसी बोका सङ्कलन सुरु गरी विभिन्न स्थानमा पुर्‍याउने काम भई रहेको छ । एकै परिवारले यस वर्ष पच्चिस ओटासम्म खसी बिक्री योग्य बनाई राखेका छन् । खसी बोका बिक्रीबाट किसानहरूले एक लाख पचास हजार देखी  तिन लाखसम्म आम्दानी गर्ने अपेक्षा गरेका छन्। । यस वर्ष आम्दानी सोचे भन्दा निकै राम्रो हुने आसा किसानहरूको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.