प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.