रौतहटमा धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

रौतहट  – रौतहटमा एक जना पुरुषमाथि धारिलो हतियार प्रहार भएको छ ।

धारिलो हतियार प्रहारबाट गढीमाई नगरपालिका–१ समनपुरका कनाई साहको ३५ वर्षीय छोरा चन्दन साह गम्भीर घाइते भएका छन् । गए राति साढे ८ बजेको समयमा गरुडा नगरपालिका–९ नरकटिया गाउँ देखी एक किलोमिटर दक्षिण बाटोमा अपरिचित व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा साह सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

साहले प्रतिकार गर्दै चिच्याउन थालेपछि खुकुरी प्रहार गर्ने व्यक्ति भागेका थिए । घर समनपुरतर्फ जाँदै गरेको अवस्थामा नाम, थर, वतन नखुलेको अज्ञात मानिसले साहलाई घेरा हाली उनको टाउको, टाउको पछाडि र बायाँ हातमा खुकुरी प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ । उहाँलाई कसले खुकुरी प्रहार गरेको भन्ने खुली नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिनुभएको छ । साहको अवस्था चिन्ताजनक रहेको परिवार श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.