दशैँ नसकिँदै किसानलाई धान काट्न चटारो

धादिङ- गत बर्षभन्दा यो बर्ष धान अलि छिटो पाक्यो ।

गत सालको तुलनामा यस वर्ष पानी समयमा नै परेकोले गर्दा पनि बिउ राख्नेदेखि धान रोप्नेसम्म समयमा नै भएपछि किसानहरूलाई पर्व सकिन नपाउँदै धान काट्ने चटारो परेको हो ।

विशेषगरी किसानहरूले लगाएको वर्णसंकर जातका धानहरू स्थानीय प्रजातिको धानभन्दा अलि छिटो पाक्ने भएकोले पर्वसँगै उनीहरू धान बाली भित्र्याउन जुटेका हुन् ।

त्यसो त अहिले समयमा नै धान बाली थन्क्याउन पाएको खण्डमा आलु र गहुँजस्ता बाली लगाउन पनि निकै सहज हुने भनाइ किसानहरूको छ ।

गाउँ घरमा भने अहिले सबै जना पर्व मनाउनका लागि आएकाले काम गर्न पनि सहज हुने भनाइ किसानहरूको छ । जसले गर्दा बाली थन्क्याउन सहयोग समेत पुग्ने गरेको छ ।

जिल्लामा यस वर्ष करिब एघार हजार हेक्टर जमिनमा धान खेती गरेको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्कमा उल्लेख गरेको छ ।

गएको वर्षमा जिल्लामा गरिएको धान खेतीमा रोगको प्रकोप विकराल रूपमा देखा परेकोले उत्पादनमा केही कमी आएकोमा यस वर्ष समयमा नै पानी परेको , मलको अभाव नभएका कारण पनि धादिङ जिल्लामा धान उत्पादन बढ्ने आकलन ज्ञान केन्द्रको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.