व्यवसायीबाट पार्टीको केन्द्रीय कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध !

काठमाडौँ- व्यवसायी एवम् भाटभटेनी संचालक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन दिएको जग्गा र भवन उनैले बनाइदिने गरी गरेको सिलन्यासको एमाले भित्रैका नेताहरुले विरोध एवम् असन्तुष्टि जनाउनु भएको छ ।

सामाजिक संजालमा एमाले नेताहरुले व्यवसायीले पार्टी कार्यालय बनाइदिने विषयले एमाले नेता कार्यकर्ता मात्र नभइ मतदाताको समेत अपमान भएको प्रतिक्रिया सार्वजनिक गर्नु भएको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गर्नु भएको छ ।

कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने चेतावनी समेत उहाँले दिनु भएको छ ।

उक्त विषय पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभई गरिएको यो कार्यले २८ लाख एमालेका मतदाताको समेत अपमान भएको उहाँको भनाइ छ ।

पाण्डेले फेसबुकमा लेख्नु भएको छ, ”साढे पाँच लाख पार्टी सदस्यकेा स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताकेा अपमान गर्ने कदम हेा येा । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीकेा सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै हेा ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तेा सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत हेा । दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्विकार गर्नेले पार्टीकेा निर्णायक तहमा छलफल र निर्णय त परकेा कुरा जानकारी समेत नहुने गरी गरिएकेा येा निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।

समय घर्की सकेकेा छैन । मनमेाहन र मदनहरुले उचेा बनाएकेा पार्टीकेा इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेकेा गैारव जेागाउने हेा भने येा ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सेाचैा ।

 

नेता पाण्डेको यो स्टाटसमा एमाले नेता कार्यकर्ताहरुले पार्टी कार्यकर्ताको भवना बोलेको भन्दै प्रतिक्रियाको बर्षा गरिरहेका छन् ।

अर्घाखाँची जिल्लाका एमाले नेता एवम समाजसेवी श्रीकृष्ण भुषालले नेता पाण्डेको फेसबुक पोस्ट सेयर गर्दै लेख्नुहुन्छ ”साढे पाँच लाख पार्टी सदस्यको भावनाको प्रतिनिधित्व गर्नुभएकोमा विन्दा कमरेडलाई धेरै-धेरै धन्यवाद !यो निर्णय सच्चाउने अभियानमा यहाँलाई सफलता मिलोस्, शुभकामना !

नेता भुषालले जस्तै सयौँले नेता कार्यकर्ताले पाण्डेको पोष्टमा प्रतिक्रिया जनाउँदै सत्यको पक्षमा उभिने आट देखाएकोमा नेत्री पाण्डेलाई ढाडस दिइरहेका छन् ।

 

 

गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भाटभटेनीका संचालक एवम् व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले सहयोग बापत दिएको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा  केन्द्रीय कार्यालय भवनको  शिलान्यास गर्नु भएको थियो ।

सिलन्यास समारोहमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुहुँदै उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.