धादिङमा किट जन्य रोगको प्रकोप बढ्दो

धादिङ –  जिल्लामा यस वर्ष पनि किट जन्य रोगको प्रकोप निकै बढेको छ ।

गत पाँच वर्ष देखी धादिङमा देखा परेको डेंगी, स्क्रवटाईफस र लोप्टो स्पाइरो जस्ता रोगबाट सङ्क्रमित बिरामीको सङ्ख्या गत महिना देखी ह्वातै बढेको हो । तुलनात्मक रूपमा यस वर्ष डेंगी भन्दा स्क्रव टाईफसका बिरामीहरूको सङ्ख्या धेरै छन् ।

यसको नियन्त्रणका लागी  वातावरणीय सरसफाइमा ध्यान दिन चिकित्सकले सल्लाह दिएका छन्।

यही अनुपातमा बिरामीको सङ्ख्या बढ्ने हो भने यसले महामारीकै रूप लिन सक्ने अनुमान चिकित्सकहरूको छ ।

धादिङमा दुई महिना अघिसम्म नगने रूपमा फाटफुट देखा परेको डेंगी र स्क्रव टाईफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या ह्वातै बढेको हो ।

असोज महिनामा एक सय नौ जना बिरामीमा स्क्रवटाईफसको सङ्क्रमण फेला परेको छ भने एक सय ६ जना डेंगीका बिरामी जिल्ला अस्पताल धादिङमा उपचारका लागी आएको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

उच्च ज्वरो आएका बिरामीको रगतको परीक्षण गर्दा उनीहरूमा यी रोगहरूको सङ्क्रमण फेला परेको हो । धेरै जसो डेंगी सङ्क्रमित बिरामी बजार क्षेत्रका छन् भने स्क्रव टाईफसबाट संक्रमीत बिरामी ग्रामीण भेकका धेरै रहेका छन् ।

जिल्ला अस्पताल धादिङमा अन्य मौसमी रुघा खोकी, ज्वरोका बिरामीहरूको सङ्ख्या पनि गत सात देखी बिस्तारै बढेको स्वास्थ्य कर्मीहरूको भनाई छ ।

मौसम परिवर्तन सुरु भएसँगै  रुघा खोकीका बिरामीहरूको सङ्ख्या बढेको हो ।  डेंगीको र स्क्रवटाईफसको सङ्क्रमण भने वातावरणीय सरसफाइको कमीका कारण भएको चिकित्सकहरुको भनाई छ । यस्ता किट जन्य रोगबाट बच्नका लागी हरेक स्थानीय तहहरूले वातावरणीय सरसफाईका लागी स्थानीयलाई सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिएको छ ।

सामान्य अवस्थामा एक सय पचास देखी दुई सयसम्म मात्रै बिरामी उपचारका लागी आउने गरेकोमा धादिङ अस्पतालमा अहिले दैनिक पाँच सय बिरामी उपचारका लागी आउने गरेको धादिङ अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.