आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

सुर्खेत- आज (कार्तिक १ गते) कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो । आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.