सत्तारुढको बैठक बालुवाटारमा जारी

सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग बालुवाटारमा छलफल जारी

काठमाडौँ – सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्रीले दिउसो ३ बजे सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्दै हुनुहुन्छ ।

सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,सरकारको काम कारबाहीबारे पनि छलफल हुने बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.