प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नु भएको छ ।
उहाँलाई सामान्य ज्वरो आएको छ। ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा उहाँ आराम गरिरहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्