झकिझकाउ छठ घाट: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ- सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ ।

छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले भक्तपुरको कमल पोखरीमा छठ मनाउने तयारी गरेका छन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा दुई सयभन्दा बढी परिवारले पोखरी सिङ्गारेर, मूर्ति राखेर र पूजाको तयारी गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो ।

छठ पर्वका लागि यहाँका स्थानीयवासीले सहयोग गरी सामाजिक सद्भव व्यक्त गरेको उहाँले बताउनुभयो । छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.