पुरानै लयमा पर्यटक भित्र्याउने योजना बनाउँदै-मनाङ

मनाङ- अन्नपूर्ण र मनास्लु हिम श्रृङ्खलाको काखमा रहेको मनाङ ज़िल्ला भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

पर्यटकीय आकर्षणको केन्द्र नै मानिने मनाङ जिल्लमा कोभिड-१९ महामारीसँगै कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर स्थानीय र व्यवसायीहरु गृहकार्यमा जुटेका छन ।

जिल्लाका धेरै पर्यटकीय महत्व बोकेका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान उनीहरुले  नयाँ योजना बनाउने तयारी पनि गरिरहेका छन ।

यसका लागि पर्यटन व्यवसायी, राजनीतिक दलहरु र स्थानीयले संघीय सरकार नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुसँग पनि समन्वय गरिरहेका छन ।

यसैक्रममा यो साता मनाङको प्रमुख पर्यटकीय स्थल एवं विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको प्रचार प्रसार गर्न पर्यटनमन्त्री स्वयं त्यहाँ जानुभएको छ । हेलिकोप्टर चार्टर गरेर तिलिचो पुग्नुभएका मन्त्री योगेश भट्टराईले तिलिचो ताल र आसपासको क्षेत्रलाई “स्वर्गको टुक्रा” भनेर चर्चा गर्नुभयो ।

उहाँले यहाँ पर्यटन प्रवर्द्धनका थप पुर्बाधार विस्तार गर्न तत्काल केहि कदम चाल्ने आश्वासन पनि दिनुभयो ।

यही क्रममा मन्त्री भट्टराईले  एग्रो मनाङ प्रलिको पनि भ्रमण गर्नु भएको थियो ।

७ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो स्याउ फर्मले पछिल्ला बर्षहरुमा ५ लाख किलोग्राम स्याउ बिक्री गर्दै आएको छ ।

यही अबसरमा केहि वर्षपछि करिब २० लाख केजी स्याउ उत्पादन र बिक्री गर्ने लक्ष्य  यो फर्मले लिएको फर्म संचालकले जानकारी दिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.