पुरानै लयमा पर्यटक भित्र्याउने योजना बनाउँदै-मनाङ

मनाङ- अन्नपूर्ण र मनास्लु हिम श्रृङ्खलाको काखमा रहेको मनाङ ज़िल्ला भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

पर्यटकीय आकर्षणको केन्द्र नै मानिने मनाङ जिल्लमा कोभिड-१९ महामारीसँगै कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर स्थानीय र व्यवसायीहरु गृहकार्यमा जुटेका छन ।

जिल्लाका धेरै पर्यटकीय महत्व बोकेका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान उनीहरुले  नयाँ योजना बनाउने तयारी पनि गरिरहेका छन ।

यसका लागि पर्यटन व्यवसायी, राजनीतिक दलहरु र स्थानीयले संघीय सरकार नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुसँग पनि समन्वय गरिरहेका छन ।

यसैक्रममा यो साता मनाङको प्रमुख पर्यटकीय स्थल एवं विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको प्रचार प्रसार गर्न पर्यटनमन्त्री स्वयं त्यहाँ जानुभएको छ । हेलिकोप्टर चार्टर गरेर तिलिचो पुग्नुभएका मन्त्री योगेश भट्टराईले तिलिचो ताल र आसपासको क्षेत्रलाई “स्वर्गको टुक्रा” भनेर चर्चा गर्नुभयो ।

उहाँले यहाँ पर्यटन प्रवर्द्धनका थप पुर्बाधार विस्तार गर्न तत्काल केहि कदम चाल्ने आश्वासन पनि दिनुभयो ।

यही क्रममा मन्त्री भट्टराईले  एग्रो मनाङ प्रलिको पनि भ्रमण गर्नु भएको थियो ।

७ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो स्याउ फर्मले पछिल्ला बर्षहरुमा ५ लाख किलोग्राम स्याउ बिक्री गर्दै आएको छ ।

यही अबसरमा केहि वर्षपछि करिब २० लाख केजी स्याउ उत्पादन र बिक्री गर्ने लक्ष्य  यो फर्मले लिएको फर्म संचालकले जानकारी दिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.