नेपाल अपराजित रहँदै ‘सुपर फोर’मा

एसिसी यू-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर फोरमा पुगेको छ ।

भारतको यू-१९ टोलीसँग निर्धारित खेल वर्षाका कारण रद्द भएपछि अपराजित नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहँदै अर्को चरणमा पुगेको हो ।

मलेसियाको कोलालाम्पुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रनको समान्य योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोड्ने बाहेक अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि भारतले ब्याटिङ गर्न सकेन र खेल रद्द भयो ।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको नेपालको तीन अङ्क छ ।

समान एक खेल जितेको भारतको पनि तीन अङ्क नै छ । अब नेपालले सुपर फोरमा बिहीवार बिहान श्रीलंकासँग पहिलो खेल खेल्नेछ भने शुक्रवार बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.