मुसिकोट दरबार अवलोकनका लागि आन्तरिक पर्यटक बढ्न थाले
रुकुम– रुकुम पश्चिमको मुसिकोटमा रहेको ऐतिहासिक मुसिकोट दरबार अवलोकनका लागि आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
जिल्लामा कोरोना जोखिम कम हुँदै गएपछि मुसिकोट दरवार अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका हुन् । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको दरबार क्षेत्र हाल खुला भएको र यसवर्ष दरबार परिसरमै भ्यू टावर निर्माण गरिएकाले पर्यटकको संख्या बढ्दै गएको मुसिकोट दरबार संरक्षण समितिले जनाएको छ ।
दरबारमा दिनुहँ एकसय भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी यसवर्ष दरवार परिसरमा पदमार्ग निर्माण गरिएकाले समेत आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो । बाईसे तथा चौबिसे राजाले राज्य सञ्चालन गरेको मुसिकोट दरबार क्षेत्र बाह्य तथा आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्यको रुपमा परिचित रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्