सिन्धुलीमा मात्रै ६ वटा पक्की पुल बनाउँदै बागमती प्रदेश सरकार

 सिन्धुली- बागमती प्रदेश सरकारले ३२ करोड बढी लागतमा सिन्धुलीमा ६ ओटा पक्की पुल निर्माण गर्न सुरु गरेको छ ।

सहायक मार्ग तथा ग्रामीण सडक जोड्ने गरि विभिन्न स्थानका खोलामा बागमती प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीले पक्की पुल धमाधम निर्माण गरिरहेको छ ।

प्रदेश सरकारको ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ लागतमा गोलञ्जोर गाउपालिका वडा नम्बर ६ को बारा-घोक्सिला-छेत्पा-नयाँ खर्क सडकको घोक्सिला सडक पुल निर्माण सुरु गरेको छ ।

यो पुल १८ महिनामा सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको र सोही अनुसार काम भइरहेको पूर्वाधार कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार विपी राजमार्गस्थित कमलामाई नगरपालिका ४ ढुङग्रेबास २ नम्बर गेटबाट कुमालफाँट ग्वाङखोला सडक पुल निर्माण भइरहेको छ ।

२०८१ जेठ १६ गते सम्पन्न गर्ने गरि ३ करोड ८६ लाख २२ हजार ३ सय ७३ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि कमलामाई नगरपालिका २ को चियाबारी क्योवरे ग्वाङ खोलामा पक्की पुल निर्माण भइरहेको छ । तीन करोड ९० लाख ८० हजार ८ सय ८० रुपैयाँ लागतमा पुल निर्माणधीन रहेको छ ।

यसैगरी, पूर्वाधार कार्यालयबाटै यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि सिन्धुलीको घ्यालेख गाउँपालिकामा २ ओटा पक्की पुल निर्माण भइरहेको छ ।

घ्यालेख गाउँपालिकाठाडीखोलामा ५ करोड ९८ लाख ८३ हजार ६५४ रुपैयाँमा पक्की पुल धमाधम निर्माण भइरहेको छ । सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको तामाजोर खोलामा ५ करोड ६५ लाख ७५ हजार ३ सय ४७ रुपैयाँ लागतमा पक्की पुल निर्माण सुरु भएको कार्यालयले जानकारी दिएको छ ।

सुनकोसी गाउँपालिकाको सातविसे डिही पक्की पुलमा ३ करोड ६० लाख ९४ हजार ६ सय ७६ रुपैयाँमा लागतमा पुल शिलान्यास भइ काम सुरु भएको कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

६ ओटा पक्की पुल निर्माणसँगै सयौँ स्थानीय बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.