आज सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.