थुनछेक बहस नसकिएपछि रविलाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौँ-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई  प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा जिल्ला अदालत काठमाडौँमा आज भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।

लामिछाने प्रहरी परिसर काठमाडौंको हिरासमा रहेको प्रहरीले जनाएको छ ।

न्याधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो ।

“काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,” काठमाडौँ अदालतमा स्रेस्तेदार रामु शर्माले भन्नुभयो, “भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.