पिएसबीको मर्म अनुसार नीति निर्माणमा मन्त्रालयको साथ सहयोग रहन्छ : सचिव अर्याल
काठमाडौँ- संचार तथा सूचना प्रबिधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल मुलुकको आफ्नै विशेषतामा आधारित भएको बताउनुभएको छ ।
पिएसबी नेपालको पूर्वारम्भ समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै सचिव अर्यालले पिएसबी ऐनले व्यबस्था गरे अनुसार चाँडै नै श्रोता तथा दर्शक परिषद गठन गरिने जानकारी दिनुभयो ।
सचिव अर्यालले पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम, विनियमम क्रमश: तयार गर्ने विषयमा मन्त्रालयले लागि परेको उल्लेख गर्नुभयो ।
उहाँले संस्थाको दिगोपनमा बिषेश ध्यान दिन आग्रह पनि गर्नुभयो ।
आजदेखि सुरु भएको पिएसबी पूर्वारम्भ कार्यक्रम पर्सि माघ ३ गतेसम्म चल्नेछ ।
विभिन्न जनसरोकारका विषयमा पिएसबीले खेल्नुपर्ने भूमिकाको बारेमा विषयविज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरु एवं विदेशी संचार माध्यमका विज्ञहरुसँग घनिभूत छलफल गरिने कार्यक्रम यस बीचमा रहेको छ।।
प्रतिक्रिया राख्नुहोस्