शिक्षा र स्वास्थ्य सार्वजनिक सेवा प्रसारणका मुख्य प्राथमिकता: अध्यक्ष डा. विष्ट
काठमाडौँ – सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रका विषयबस्तु सार्वजनिक सेवा प्रसारणको मुख्य प्राथमकितामा रहने बताउनु भएको छ ।
पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रिलञ्चिङको दोस्रो दिन आज “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा पिएसबी नेपालका अध्यक्ष डा विष्टले सार्वजनिक सेवाका हरेक विषयहरु प्रसारणमा विषयबस्तु रहने भएपनि शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकतामा पर्ने बताउनु भएको हो ।
मिडियाको मूल ध्येय सूचना र शिक्षा दिने भन्नुहुँदै अध्यक्ष डा विष्टले अहिले स्वास्थ्य र शिक्षा महँगो भएको र कतिपय नागरिक केन्द्रित सरोकारका विषयहरु लागु गरेर पनि प्रभावकारी हुन नसकेको तथा प्रतिवद्धताहरु राज्य कै भएपनि पूरा हुन नसकेको विषय अबको पिएसबीको मुल विषय बन्ने प्रष्ट पार्नुभयो ।
संविधानमा समाजवाद उन्मुख समाजको व्यवस्था गरिएपनि शिक्षा र स्वास्थ्यका लागि नागरिक नै दुई वटा वर्गहरुमा बाँडिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा विष्टले यी बिषयमा कसरी साझेदारी गर्ने भन्ने चासो सार्वजनिक सेवा प्रसारणको प्राथमिकतामा भएको उल्लेख गर्नुभयो ।
पिएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत भोलिसम्म विभिन्न विषयहरुमा Panel Discussion हुने छन ।।
प्रतिक्रिया राख्नुहोस्