२४ जना जुवाडे पक्राउ
चितवन- तिहारकाे माैकामा जुवा खेल्दै गरेका २४ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय गितानगरले चितवन २६ गते राति करिव ११ बजे चितवन भरतपुर महानगरपालिका-५ कैलाश नगरस्थित सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको भन्ने सुचनाकाे आधारमा उनीहरूलाइ पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय गितानगरकाे प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको टोलीले कौडा खेल्ने २४ जना पुरुष र उनीहरुको साथबाट नगद रु.५,१७,१७५।–(पाँच लाख सत्र हजार एक सय पचहत्तर रुपैँया) र १६ थान कौडा नियन्त्रण लिएको छ ।
पक्राउ पर्नेहरू सबैलाई जिल्ला प्रहरी कार्यालय चितवन राखिएको र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।।
प्रतिक्रिया राख्नुहोस्