सडक स्तरोन्नतिका लागि फाखेल-हुमाने सडक बन्द

मकवानपुर- काठमाडौँ-कुलेखानी-फाखेल-हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले राससलाई बताउनुभयो । उहाँले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

कुलेखानी-सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.