सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको सभा पोखरी गाउँपालिका – ६ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सभा पोखरी – ६ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेर चालक चैनपुर नगरपालिका – २ का १९ वर्षीय रबी बराइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । गए राति सभा पोखरी गाउँपालिकाको बाह्रबिसे बजारबाट आपुङ तर्फ जाँदै गरेको भे त १९२९ ट्याक्टर दुर्घटना हुँदा चालक १९ वर्षीय बराइली गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका चालक बराइलीको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट लागेर एक जनाको मृत्यु मकालु गाउँपालिका – ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मकालु – ६ मा करेन्ट लागेर २६ वर्षीय उपेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार साँझ ४ बजे बिजुलीको पोलमा तार जोड्न चड्का राईको अचानक करेन्ट लागेर लडेका थिए । बिजुलीको पोल बाट लडेर गम्भीर घाइते भएका राईको आज बिहान जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।






प्रतिक्रिया राख्नुहोस्