‘अनैकोट भ्यू टावर’ आन्तरिक पर्यटकको घुईंचो (फोटो फिचर)

काभ्रे- काभ्रेको विभिन्न पर्यटकीयस्थलहरुमध्ये अनैकोटको भ्यु टावर (दृश्यावलोकन स्तम्भ) पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको रोजाईको गन्तब्य बन्न थालेको छ ।

बनेपा बजारवाट करिब आधा घण्टामा पुग्न सकिने सो ठाउँ भौगोलिक र प्राकृतिक सुन्दरताका कारण आन्तरिक पर्यटकहरुको घुईचो लाग्न थालेको हो ।

पाँचखाल नगरपालिका वडा नं. १ मा पर्ने सो ठाउँ भौगोलिक हिसाबले अग्लो, रमणीय, हरियाली वनजंगलको छेउमा शान्त बातावरणसहित नजिकबाट हिमालय श्रृंखला अवलोकन गर्न पाउने र बनेपाको विभिन्न स्थान लगायत पाँचखाल, धुलिखेल, मण्डनदेउपुर, कोशीपारिका विभिन स्थानहरु, तेमाल डाँडाका साथै सिन्धुपाल्चोकका विभिन्न भेग र बस्तिहरु सजिलै नियाल्न सकिने भएकाले पनि उक्त ठाउँ सबैको रोजाईको केन्द्र बन्न थालेको हो ।

अनैकोट आसपासका स्थानीयबासिन्दाहरुले पर्यटकीस्थलको रुपमा उपयोग गरेर आर्थिक उपार्जनको लागि माध्यम बनाउन सक्ने सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माणको लागि ध्यान दिनु पर्ने स्थानीयको भनाई छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.