त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा भोलि निर्वाचन
१७ वटा आङ्गिक क्याम्पसमा निर्वाचन स्थगित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
स्ववियु निर्वाचनको तयारी पूरा भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको स्ववियु निर्वाचन भोलि अधिकांश क्याम्पसमा हुन लागेको हो ।
विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण १७ वटा आङ्गिक क्याम्पसमा भने तोकिएको मितिमा निर्वाचन नहुने भएको छ ।
त्रिविको देशभर ६२ आङ्गिक तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । तर विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नौ गरी १७ आङ्गिक क्याम्पसको प्रक्रिया बिथोलिएको त्रिविले जनाएको छ ।
उहाँका अनुसार निर्वाचन मिश्रित प्रणाली भएकाले दुई मतपत्र रहने छन् ।।
प्रतिक्रिया राख्नुहोस्