हुलाकी राजमार्ग जोडने सिराहाका २ सडक धमाधम कालोपत्रे गरिदैं

 सिराहा-  सिराहाका २ नगरपालिका र १ गाउँपालिका जोडने हुलाकी राजमार्ग बरिया पट्टी नेपाल–भारत सीमादेखि सुखी पुर जिरो माइल अम्बास सडक र सप्तरीका कदम्हा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेर्वासम्म कालोपत्रेको काम सुरु भएको छ ।

धनगढी माई नगरपालिका १४ अम्बासदेखि कालोपत्रेको काम सुरु भएको हो । सडक कालोपत्रे सुरु भएसँगै अम्बासका स्थानीय खुसी भएका छन् ।

हुलाकी राजमार्ग बरिया पट्टी नेपाल–भारत सीमा सडक निर्माणको जिम्मा साह मकालु जय भवानी जेभि निर्माण कम्पनीले २० लाख २ हजार ८ सय २७ रुपैयाँ पाएको छ, भने काम २०८१ चैतको ३१ सम्म सम्पन्न हुने सम्झौताअनुसार अगाडि बढाएको काम अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, सप्तरीको कदम्हा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेर्वा सम्मको सडक निर्माण जिम्मेवारी पाएका गौरी पार्वती के एण्ड केजि रमिता जेभि निर्माण कम्पनीले सत्ताइस लाख आठ सय सोल रुपैयाँमा सडक बनाउने ठेक्का पाएको छ ।

सुरुङ नगरपालिका हुँदै हुलाकी राजमार्ग जोडने सडकको काम अगाडि बढेसँगै स्थानीय विवेक यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूलाई पनि सजिलो हुने भएको छ । यो देख्दा साह्रै खुसी लागेको छ । सप्तरीको कदम्हा चोकदेखि दक्षिण चकदह हुँदै प्रमाणपुर पर्टेर्वा सडक र हुलाकी राजमार्ग बरिया पट्टी नेपाल–भारत सीमादेखि सुखी पुर जिरो माइल सम्बाससडक निर्माणको गुणस्तरबारे शङ्का नगर्न सडक डिभिजन कार्यालय प्रमुख इन्जिनियर आशुतोष कर्णले बताए ।

उहाँले भन्नुभयो ‘साइट हेर्ने जिम्मा इन्जिनियर सञ्जीव दासलाई दिइएको र दुवै साइटमा गुणस्तर बारे चेकजाँच गर्दै कामअगाडि बढाउँदै गुणस्तरमा कुनै कसर बाकी नगर्ने गरी निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको छु।

इन्जिनियर कर्णले काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो  ।  अब जतिसक्दो चाँडो दुवै साइटको काम सम्पन्न हुने उहाँले बताउनुभयो।

हुलाकी राजमार्ग बरिया पट्टी नेपाल–भारत सीमा सडक धनगढीमाइ नगरपालिका , सुखिपुर नगरपालिका र बरियापट्टि गाउँपालिकालाई जोडेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.