पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै

धादिङ – माध्यामीक तहको अध्ययनका लागी विद्यालय जाँदा विद्यालयबाटै विद्यार्थीले पढ्दै पैसा पनि कमाउने भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ ,तर विद्यालय शिक्षासंगै धादिङ जिल्लामा माध्यामीक तहको अध्ययन गर्ने विद्यार्थीहरूले आजकाल पडाइसँगै पैसा पनि कमाई कमाउने गरेका छन् ।
धादिङका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई विभिन्न किसिमका सिप सिकाइ आत्मा निर्भर बनाउनका लागी आर्थिक आम्दानीसँग जोडेको छ भने विद्यार्थीहरुले समेत आर्थिक आम्दानी गर्न थालेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा रहेका सबै जसो समुदायकी विद्यालय जहाँ माध्यमिक तहको पढाई हुन्छ त्यस्ता विद्यालयमा अध्यानतरत विद्यार्थीहरुलाइ जीवन उपयोगी सिप सिकाउन थालेको हो ।
स्थानीय तहको समेत सहयोगमा सुरु गरेका यस्ता कार्यक्रम मध्य पनि ज्वालामुखी गाउँपालिकाको रामपुरमा स्थित बालादेखी माध्यमिक विद्यालयले अहिले सिजन अनुसारको तरकारीलगायत फलफूल उत्पादनमा सुरु गरेको छ ।
गत वर्ष देखी कार्यक्रम लागु भएको बताउँदै पहिलो वर्ष फुल खेती गरी निकै राम्रो आम्दानी गरेकोमा अहिले तरबुजा खेती गरेको हो । तरबुजा निकै राम्रो उत्पादन भएको छ ।
बिक्रीका लागी बजारको अभाव समेत छैन स्थानीय बजारमा नै बिक्री हुने गरेको छ ।
यसले विद्यार्थीका साथै विद्यालयलाई पनि आर्थिक आम्दानीको बाटो भएको छ । विद्यालयले जमीन र आवश्यक बिउँको व्यवस्था गरी विद्यार्थीहरूले कृषि कर्मका लागी सिप सिक्दै उत्पादनसँग जोडी आर्थिक आम्दानीको बाटो बनाएका हुन् ।
यस सिजनमा मात्रै करिब चार लाख मूल्य बराबरको तरबुजा बिक्री गर्ने लक्ष्य रहेको विद्यालयले जनाइएको छ ।
बालादेखि मात्रै होइन सोही गाउँपालिकाको अन्नपूर्ण माध्यामीक विद्यालयले पनि यसरी नै सिप सिकाउँदै आम्दानी गर्न थालेको छ ।
विद्यालयमा विद्यार्थीहरूले यसरी उत्पादन गरेको कृषि र पशु पन्छीजन्य बस्तुको बजारी करण र बिक्रीका लागी भने स्थानीय तहले नै सहजीकरण गर्ने गरेको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ ।
धादिङका धेरै सामुदायीक विद्यलयहरुले पढ्दै कमाउँदै भन्ने कार्यक्रमको अभ्यास सुरु गरेका छन् ।
सामुदायिक विद्यालयमा यस्ता कार्यक्रम निकै प्रभावकारी समेत बन्दै गएको छ ।
यसले बालबालिकाहरुलाई सामुदायिक विद्यालय प्रतिको आकर्षण समेत बढाएको शिक्षकहरुको दाबी छ ।
विद्यालयमा पढ्दै सिप सिक्दै कमाउँदै गर्दा गरी विद्यार्थीहरूका लागी आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा निकै सहज भएको भनाइ छ ।
अधिकांश सीमान्तकृत कुमाल समुदायका बालबालिकाहरूको बाहुल्य रहेको यस विद्यालयमा कृषि मात्रै होइन अन्य जीवन उपयोगी शिक्षा समेत विद्यार्थीहरूलाई दिन सुरु गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्