कार्यालयका लागि कम्प्युटर प्रदान

नुवाकोट- खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को नुवाकोट कार्यालयको सक्रियता र प्रभावकारिताका लागि विदुर नगरपालिकाले आधुनिक उपकरणहरू प्रदान गरेको छ । मेयरले समितिको कार्यालयमै पुगेर सामग्रीहरू प्रदान गर्नुभएको हो ।
विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका २ सय ५० घरधुरीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आइरहेको ‘ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को कार्यालय सञ्चालनार्थ विदुर नपाको तर्फबाट मेयर राजन श्रेष्ठले कम्प्युटरलगायतका आवश्यक सामग्री उपलब्ध गराई समितिको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
खानेपानी उपभोक्ता समितिको कार्यालयको लागी अत्यावश्यक रहेको २ थान स्टिल दरबार, कुर्ची १५ थान, टेबल १ थान, कम्प्युटर १ थान, प्रिन्टर १ थान मेयर श्रेष्ठले खानेपानी समितिलाई हस्तान्तरण गर्नुभयो । उहाँले खानेपानी वितरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनको लागी निर्देशनसमेत दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्