पिएसबीका अध्यक्ष डा.विष्ट र सिएमजीका निर्देशक आनबिच भेटवार्ता

बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति बिद्या देवी भण्डारीको भ्रमण दलका सदस्य सार्वजनिक सेवा प्रसारण-पिएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट र चाइना मिडिया ग्रुप, सिएमजीका उच्च पदाधिकारीबिच आज बेइजिङमा दुई पक्षीय भेटवार्ता भएको छ ।
पिएसबीका अध्यक्ष विष्ट र सिएमजीका एसिया तथा अफ्रिकी भाषिक कार्यक्रम केन्द्रका निर्देशक एवम् चाइना ग्लोबल टेलिभिजन नेटवर्क, सिजीटिएनका कार्यकारी उप प्रधान सम्पादक आन सिआओयुबीच पिएसबी र सिएमजीबिच विशेष गरि प्रबिधी र कार्यक्रम आदान प्रदान गर्ने सहमति भएको पिएसबीका अध्यक्ष डा. बिष्टले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गर्नुभएको चीन भ्रमणका बेला पिएसबी र सिएमजीबीच दुई संस्थाबिच सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पिएसबीका अध्यक्ष डा. विष्ट र सिएमजीका निर्देशक आनबिच आज भएको छलफलमा सो समझदारी पत्रको कार्यान्वयनका लागि दुवै संस्थाका समूहले चाडै गृहकार्य गरेर कार्यान्वयनमा जाने सहमति भएको छ ।






प्रतिक्रिया राख्नुहोस्