सदनको अवरोध हटाउन सभामुखको पहल

काठमाडौं – संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थाल्नुभएको छ ।
सिंहदरबारमा सभामुखसहित दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठक जारी छ ।
बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल चलिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न नदिने अडानमा छन् ।
यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्