खेलाडीहरूलाई खेल सामग्री प्रदान

नुवाकोट-  खेलाडीहरूलाई उत्साह जगाउँदै प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडीहरूलाई विभिन्न खेल सामाग्रीहरू वितरण गरिएको छ ।

विदुर नगरपालिका–२ ले यही जेठ २९ गतेदेखि आयोजित प्रथम विदुर मेयर अन्तर वडा स्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका वडाबाट सहभागी खेलाडीहरूलाई मङ्गलवार खेल सामाग्री वितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष दीपक कायस्थले खेल सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।

प्रतियोगितामा सहभागिता जनाउन लागेको विदुर २ को टिमलाई क्रिकेट व्याट, हेलमेट, प्याड, ग्लोभ्स, बल सहित प्रशिक्षणका लागी आवश्यक पर्ने खेल सामग्री प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.