नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा

काठमाडौँ- लुभ्र होटल्स ग्रुपले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा ल्याएको छ।
ललितपुरको ग्वार्कोबाट सञ्चालनमा आएको यस होटलले नेपालकै एक ठूलो र मिटिङ सभाको लागि ठूला हलहरू रहेको बताइएको छ।
त्रिभुवन विमानस्थलबाट ३.५ किलोमिटरको दुरीमा रहेको यस होटलको विकास मासिफ होटल प्रा.लि र व्यवस्थापन सरोबर होटलले गरेको छ।
कोठा संख्याको आधारमा यो नेपालकै ठूलो होटल भएको कम्पनीको दाबी छ।
६ अर्ब ५० करोडभन्दा बढीको लगानीमा तयार भएको यो होटलमा ३सय ८ वटा कोठा छन्।
हाल होटलले एक सय चार कोठा मात्रै सञ्चालनमा ल्याएको छ। त्यस्तै, डाइनिङको लागि ललितपुर क्याफे छ भने होटलमा द अल्पाइन लाउन्ज एण्ड बार समेत छ।
इभेन्ट (कार्यक्रम)हरू सञ्चालन गर्न होटलमा ३० हजार स्वायर फिट बराबरको क्षेत्र रहेको, ११ हजार स्वायर फिट बराबरका ब्यांकेट र ६ वटा अतिरिक्त मिटिङ हल रहेका छन्। रोयल टुलिप अन्तर्राष्ट्रिय प्रख्यात होटल ब्रान्ड हो।
लुभ्र होटल्स ग्रुपको हाल ७० मुलुकमा एक हजार सात सय ५६ होटल रहेका छन्।






प्रतिक्रिया राख्नुहोस्