संङक्रमणकालीन न्याय निरुपणको विषयमा शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ- प्रमुख तीनदलका शिर्ष नेताहरुको बैठकमा संङक्रमणकालीन न्याय निरुपणको विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा वसेको शिर्ष नेताहरुको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको कामकारवाहीको प्रगतिका बारेमा छलफल भएको हो ।

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले संक्रमणकालीन न्यायको सन्दर्भमा भएको कामकारवाहीको पछिल्लो प्रगति वारे जानकारी लिने र सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बारेमा छलफल भएको जानकारी दिनुभयो ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डारण देखीएको विषयमा सबैलाइ बधाइ दिदै खुसी व्यक्त गर्नुभएको पनि खरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.