विदुरमा महिला आत्मनिर्भर कार्यक्रम

सिपमूलक तालिम प्रदान

नुवाकोट- नुवाकोटको विभिन्न स्थानमा बसोबास गर्दै आएका महिलाहरूलाई आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ । जसअन्तर्गत महिलाहरूलाई सिपमूलक अभियानमा सक्रिय गराइएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौँडा, मकवानपुर र विदुर नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूका लागि सञ्चालित सिलाई कटाई सम्बन्धी निःशुल्क सीप विकास कार्यक्रम सम्पन्न भएको छ । कुल ३ सय ९० घण्टाको उक्त सिपमूलक कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले समापन गर्नुभयो ।

मेयर श्रेष्ठले विदुर नपाले महिलाहरूलाई समय र क्षमता अनुसार विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आइरहेकाले यसलाई स्वरोजगारमा केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले महिलाहरुको लागी यसले आयआर्जन र सिप विकासमा मद्दत पुगेकोसमेत बताउनुभयो ।

विदुर नपाकी उपमेयर प्रभा वोगटीले महिलाहरूको उद्यम तथा सिप प्रवर्द्धनको योजनामा यस सिलाई कटाइले मद्दत गरेको बत्ताउनुभयो । उहाँले यसलाई व्यवसायिक बनाएमा आयआर्जनमा महिलाहरू बलियो हुने बत्ताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर नपाको उद्योग शाखाका प्रमुख सुदर्शन सेढाइलगायतले महिलाहरूलाई सिप सदुपयोग र प्रवर्द्धन गर्न जोड दिनुभयो । तालिममा २६ जना महिलाहरूको सहभागीता रहेको थियो ।

विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा सम्पन्न भएको तालिममा प्रशिक्षक सुभद्रा सापकोटाले सहभागीहरूलाई सीप विकास अर्थात् सिलाई कटाइको विभिन्न पक्षमा व्यावहारिक तालिम दिएकी हुन् ।  तालिम लिएका महिलाहरूलाई स्वरोजगारमा जोड्न र आत्मनिर्भर बनाउन सिलाई कटाइको सिपले सहयोग पुग्ने विश्वास लिइएको छ ।
तालिममा सहभागी महिलाहरूले सिप प्राप्त भएकाले अब आफैले व्यवसाय थाल्ने योजना बनाएको  सुनाउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.