काठमाडौं जिल्ला अदालतमा उपस्थित भए पत्रकार पाठक

काठमाडौँ – साइबर अपराधको मुद्दाको सामना गर्न पत्रकार दिल भूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुभएको छ ।

पाठकविरुद्ध प्रहरीले यही असार १६ गते साइबर अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएपछि पाठकसँग बयान हुने छ । त्यस लगत्तै आजै थुनछेक बहस हुने छ ।

पाठकले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उहाँ विरुद्ध मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.