धेरै कर तिर्नेहरू सम्मानित

नुवाकोट- नुवाकोटको विदुर नगरपालिकाले करदाता संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत नपाले सबै वडाबाट धेरै कर तिर्ने एक÷एक जना करदाता तथा व्यवसायीहरूलाई सम्मानित गरेको छ ।

विदुर नपाले वर्षभरि सम्बन्धित वडाबाट सबैभन्दा बढी कर तिरेकाहरूको छनौट गरी १३ वडाबाटै एक÷एक जनालाई सम्मानित गरेको हो । यसबाट करदाताहरूको संरक्षण, व्यवसायमा उत्साह तथा हौसला पुगेको मेयर राजन श्रेष्ठले बताउनुभयो ।

वडागत उत्कृष्ट करदाताका रुपमा सम्मानित भएकाहरूमा हिरा वज्र बज्राचार्य, रुरल हेरिटेज प्रालि ९रमेश भट्टराई०, नेत्रप्रसाद रिमाल, भुवनकुमारी चित्रकार, तादी सिमेन्ट एन्ड लिमे इण्डष्ट्रिज९अजय आचार्य०, मनवीर राई, कमलबहादुर अधिकारी, विनोद श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ, नारायणप्रसाद खतिवडा, काशीनाथ प्याकुरेल, कुमार पण्डित र हर्कबहादुर तामाङ रहेका छन् । उनीहरू सबैलाई विदुर नगरपालिका मेयर श्रेष्ठका साथै उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शोभा कर पौडेल, सम्बन्धित वडाका वडाध्यक्षहरूले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।

उनीहरूलाई नियमित रूपमा सर्वाधिक कर तिर्ने करदाताको रूपमा छनौट गरी सम्मानित गरिएको हो । यसका साथै सरकारले उपलब्ध गराएको  ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम नलिने घोषणा गरेका एक वृद्धलाई समेत सम्मानित गरिएको छ ।

विदुर नपा –४ का धननारायण चित्रकारले आफुलाइ सरकारले उपलब्ध गराएको  ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम आजीवन नलिने घोषणा गरेका कारण दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.