तनहुँको छिर्कनमा माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते

तनहुँ-  पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको  बा४ख ८४१३ नं को माइक्रो बस चालकले नियन्त्रण गुमाई  दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनामा तनहुँको शुक्ल गण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा, पोखरा महानगरपालिका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी घाइते हुनु भएको छ ।

त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते भएको प्रनाउ थापाले जानकारी दिनुभयो । घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको  र चालक नियन्त्रणमा रहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.