नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनु भएको छ ।

स‌ंसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा नेता बानियाँको पक्षमा २२ मत परेको थियो  भने अर्का उम्मेदवार एवम् मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा १४ मत पर्यो ।

एक मत बदर भएको निर्वाचन संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। निर्वाचनमा शतप्रतिशत मत खसेको थियो। संसदीय दलको बहुमत सहित बानियाँ दलको नेता बन्नुभएको हो ।
बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । जुन प्रस्ताव २२ मतले नै पारित भएको थियो । त्यसपछि रिक्त भएको संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन भएको हो ।
२०७९ सालमा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित संसदीय दलको नेता बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत हुनुहुन्छ ।
*यसअघि  संसदीय दलको नेता बानियाँको राजनीतिक यात्राको मिति र विवरण फरक पर्न गएकोमा सच्याइएको छ । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.